
२० चैत,काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनाको म्याद आज (बुधबार) दोस्रो पटक थप गर्न काठमाडौं जिल्ला अदालतमा पेश गर्न तयारी गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेका ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप गरिएको थियो। यस म्यादको अवधि मंगलबार सकिएको थियो, र आज उनीहरूलाई दोस्रो पटक म्याद थप गर्न अदालतमा उपस्थित गराइने छ।
प्रारम्भिक म्याद थपमा ३० जना आपराधिक उपद्रव र संगठित अपराधमा र ११ जना राज्यविरुद्धको कसुरमा संलग्न रहेको आरोपमा राखिएका छन्। गिरफ्तार गरिएका व्यक्तिहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणा लगायतका प्रमुख नेताहरू समावेश छन्।
मंगलबार थप १८ जनालाई पक्राउ गरिएको थियो र उनीहरूको म्याद थप गरिएको थियो।