
२० चैत,हेटौंडा । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको एक यात्रुवाहक जीप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा दुर्घटना हुदा १० जना घाइते भएका छन् ।
बुधबार दिउँसो इन्द्रसरोबर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी काठमाडौं सडक खण्डमा ना१ज ५४८५ नम्बरको जीप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।
दुर्घटनामा परी जीपमा सवार १० जना यात्रु घाइते भएका छन्। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना मध्यम र ५ जनाको अवस्था सामान्य छ।
डिएसपी अर्यालले उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए। उनले जीप चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको बताए।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।