Logo

२० चैत,वीरगञ्ज । सुक्खा मौसम शुरु भएसंगै पर्साको राष्ट्रिय वन तथा पर्सा राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा वन डढेलो लाग्न सुरुभएको छ । गर्मीमा सुख्खा क्षेत्र तथा पतझर झर्ने समयमा पशुचौपाया चराउने तथा बनमा दाउरा लिन जानेहरुले सल्काएको आगोबाट राष्ट्रिय बन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र वरपर अहिले बन डढेलो बढेको छ ।

बोट बिरुवाको पातहरु सुकेर झर्ने र दिनमा हावा समेत चल्ने गरेको कारण बनमा आगो तीब्र गतिमा फैलिने गर्दछ । पर्साको राष्ट्रिय बनमा आगो लाग्दा कहि कतै तालिम प्राप्त डढेलो अग्नि नियन्त्रण टोलिहरु देखा परेका छन भने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय कै वरि परि निकुञ्जको बनमा आगो लाग्दा सम्बन्धीत निकाय बन डढेलो नियन्त्रणको लागि कुनै पनि उपाय लगाएको देखिदैन ।

पर्साको बडनिहार, सखुनिया, रङ्गपुर सब डिबिजन बन कार्यालय क्षेत्र वरपर लागेको डढेलो नियन्त्रणको लागि डिबिजन बन कार्यालय पर्साले १० जनाको तालीम प्राप्त बन डढेलो नियन्त्रण टोली नै खटाएको छ । तैपनी नियन्त्रण टोलिलाई आगो नियन्त्रण गर्न धौधौ परेको छ ।


सम्बन्धित समाचार