Logo

२१ चैत, काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको उक्त सूचीमा एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २९३३ जनाको नाम समावेश गरिएको छ।

सूचीको शीर्ष स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन्। अमेरिकी सरकारी प्रभावकारिता विभाग ९डज० का प्रमुख समेत रहेका उनको सम्पत्ति ३०० अर्ब डलर रहेको छ। फेसबुकको आधिकारिक कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोस क्रमशः २१६ र २१५ अर्ब डलरसहित दोस्रो र तेस्रो स्थानमा छन्।

सूचीमा १२ जनाको सम्पत्ति १०० बिलियन डलरभन्दा बढी छ। जसमा बर्नार्ड अर्नाल्ट र परिवार, वारेन बफेट, ल्यारी पेज, सर्गेई ब्रिन, अमान्सियो ओर्टेगा, स्टीव बाल्मर, रोब वाल्टन र परिवार, जिम वाल्टन र परिवार, बिल गेट्स, माइकल ब्लूमबर्ग र एलिस वाल्टन रहेका छन्।

नेपालबाट अर्बपति विनोद चौधरी एकमात्र रहेका छन्। उनको सम्पत्ति २ बिलियन डलर रहेको छ र उनी १७६३ औं स्थानमा छन्। गत वर्ष उनको सम्पत्ति १ अर्ब ८० करोड अमेरिकी डलर थियो, जुन यस वर्ष २० करोड डलरले बढेको छ।

यस वर्ष चीनबाट टिकटकका संस्थापक झाङ यिमिङ ६५.५ बिलियन डलरसहित पहिलो स्थानमा छन्। त्यस्तै, भारतबाट मुकेश अम्बानी ९२.५ डलरसहित पहिलो स्थानमा छन्।


सम्बन्धित समाचार