Logo

चैत, ३ काठमाडौं तराई केन्द्रित विभिन्न राजनीतिक दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। मोर्चाको घोषणा कार्यक्रम दिउँसो ३ बजे काठमाडौंको बानेश्वर स्थित बैंकेटमा आयोजना हुने बताइएको छ।

नयाँ मोर्चामा सङ्घीय संसद भित्र र बाहिरका सात वटा प्रमुख दल सहभागी हुनेछन्। मोर्चाको नाम ूसङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाू राखिएको छ।

यसअघि आठ दलको मधेसी मोर्चा गठनको तयारी भएको भए पनि अन्तिम समयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी मोर्चामा सामेल नहुने निर्णय गरेको छ।

नयाँ मोर्चामा उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउतको नेतृत्वको जनमत पार्टी, रेशम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, साथै संसद बाहिर रहेका दलहरूमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल,

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी हुनेछन्।

मोर्चामा आलोपालो नेतृत्व गर्ने प्रचलन राखिएको छ। पहिलो चरणको नेतृत्व उपेन्द्र यादवको नेतृत्वमा हुने सहमति भएको बताइएको छ।


सम्बन्धित समाचार