
२१ चैत, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ।
अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आईएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो।
उनीहरू माथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।
नेकपा एमालका अध्यक्ष केपी शर्मा दोश्रो पटक प्रधानमन्त्री हुँदा रेडक्रस सोसाईटीमा हस्तक्षेप गरेर राजनीतिक प्रभाव बढाएका थिए । उनकै नेतृत्वमा अहिलेको सरकारकै पालामा रेडक्रसमा अन्तराष्ट्रिय रुपमा बदनाम बनाएपछि पदाधिकारीलाई निलम्बन गरेको छ ।