
२१ चैत, वीरगञ्ज । माध्यामिक शिक्षा परीक्षा (एसइई) पछि ३ महिनाको खाली समय कसरी सदुपयोग गर्ने र एसइई पछि के पढ्दा राम्रो हुन्छ भन्ने विषयमा विद्यार्थीहरु लागि अभूमिखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क अभिमूखीकरण गरिएको कार्यक्रामका प्रमुख अतिथिमा हलमा सहभागि विधार्थीहरुलाई नै बनाईएको थियो । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद रहबर अंसारीले याङजुङ शेर्पा, समाजिक अभियन्ता डा.नारायण आचार्य प्रशिक्षकको भूमिकामा रहेका थिए ।
प्रशिक्षणका क्रममा प्रदेसभा सांसद रहबर अन्सारीले विद्यार्थीहरुलाई फूलको संज्ञा दिदै वीरगंका सबै विद्यालयबाट बोराका फूलहरु निस्किने र ती बोराका फूलहरु विद्यार्थी रहेको र उनीहरुको आफ्नो सुगन्ध, आफ्नै किसिमको आकार, रंग रहेको बताए ।
ती पूmल जस्ता विद्यार्थीहरुललाई बोरामा राखेर फाले जस्तो वेवास्ता गर्ने काम नगरौ भन्दै फुलका बोरालाई काँधमा बोक्नुपर्ने धारणा व्यक्त गरे । ती फूल रुपी विद्यार्थीहरुलाई कसरी कहाँ लिएर जाँदा यो समाजलाई सचेत पार्न सकिन्छ ? घरको कुन भाडोमा राख्न सकिन्छ ? कुन फूललाई कति पानीमा राख्ने भन्नेमा अभिभावक, शैक्षिक संस्था र समाजले सोच्नुपर्ने बताए ।
सांसद रहबर अन्सारीले भने, ‘वीरगन्जका विद्यालयहरुमा फुलेका फूलहरुलाई हामी आफ्ना काँधमा बोक्छौ आफ्नो हातले सजाउछौ, यी समाजका तपाईहरु फूल हुनुहुन्छ । कुन फूल डाक्टर बन्न सक्छ, कुन फूल ईन्जिनियर बन्न सक्छ, कुन फूल एचए बन्न सक्छ सबैलाई समाजमा सजाउन सकियो भने यो देश एउटा सुन्दर फूलबारी बन्न सक्छ ।’
विद्यार्थीहरुका लागि काउन्सिलिङ आवश्यकता सम्बन्धमा १९५० तिर दोस्रो विश्व युद्ध पछि युद्ध लडेका आर्मीहरु कथा सुनाउदै सांसद अन्सारीले विश्व युद्धमा आफ्ने साथीको मृत्यु भएको देखेपछि उनीहरु मानसिक तनावमा आएर सोच्ने क्षमता नै नभएको र त्यसपछि ती आर्मीहरुलाई काउन्सिलिङ गर्न आवश्यक भएको बताए ।
काउन्सिलिङले मानिसलाई सही सोच्ने क्षमतावान बनाई दिएको र यो काउन्सिलिङ जीवनको हरेक ब्यक्तिलाई आवश्यक हुने र यसले व्यक्तिलाई क्षमतावान बनाउने बताए ।
उनले भने, ‘म त भन्छु विद्यार्थी भाईबहिनीहरुका अभिभावकलाई नै काउन्सिलिङ दिनु पर्छ । गत वर्षको एसइईमा वीरगञ्जमा ४ जिपीए किन नआएको ? चितवनमा, नेपालगंजबाट आयो, विराटनगरबाट आयो, काठमाण्डौबाट आयो तर वीरगञ्जबाट किन सकेन ? यहाँको केही ब्यवस्थापन नमिलेको हो कि ! भन्दै त्यो मिलाउने काम भने उन्नति फाउण्डेशनले गने प्रदेश संसाद रहबर अंसारी बताए ।