
२१ चैत,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । बिहीबार जारी विज्ञप्तिमा मन्त्रालयले शिक्षक समुदायसँग छलफल गर्न सरकार सधैँ तयार रहेको जनाएको छ ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। माग सम्बोधन नभएको भन्दै उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको भए पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
शिक्षकहरूले ऐन जारी गर्न माग गरे पनि संसदको हिउँदे अधिवेशन अन्त्य भइसकेकोले तत्काल सम्भव छैन । उनीहरूले अध्यादेशमार्फत ऐन जारी गर्नुपर्ने बताएका छन्, तर संसदीय समितिले असहमति जनाएको छ ।