
२१ चैत,वीरगञ्ज । रौतहट जिल्लामा हराएकी एक ५० वर्षीया महिलाको शव फेला परेको छ। वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित विश्रामपुरको जंगलमा महिलाको शव गाडिएको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका प्रवक्ता दीपककुमार रायका अनुसार महिलाको शव सनाखत भइसकेको छ। ती महिला हराएको करिब एक सातापछि उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता रायले शवको सनाखत भइसकेको भएता पनि महिलाको पहिचान भने अहिले गोप्य राखिएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।