Logo

२३ चैत, रौतहट । रौतहट उद्योग वाणिज्य सङ्घमा कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले मुख्य गेटमा तालाबन्दी गरेका छन् । असन्तुष्ट समूहमा रहेका राकेशकुमार झा, विकास विक्रम साह, कौशल साहलगायत व्यापारीहरूले अध्यक्ष र महासचिवले सङ्घलाई निजी स्वार्थमा चलाउन खोजेको आरोप लगाउँदै शुक्रबार तालाबन्दी गरेका हुन् ।

उनीहरूले विधान विपरित नयाँ सदस्यता दर्ता गराइएको भन्दै विशेष साधारणसभा तथा अधिवेशन प्रक्रिया विवादास्पद भएको बताएका छन् । अधिवेशन चैत २३ गतेका लागि तय गरिएको भए पनि अध्यक्ष पण्डितप्रसाद जयसवालले स्थगनको सूचना जारी गरेपछि महासचिव रविन्द्रनाथ गोपालीले तोकिएकै मितिमा अधिवेशन हुने जानकारी दिएका छन् ।

सङ्घको वर्तमान कार्यसमितिको पदावधी चैत २६ गते सकिँदैछ ।  यसै कारण नयाँ नेतृत्व चयनका लागि अधिवेशन समयमै हुनुपर्ने माग उठिरहेको छ ।  घटनाले सङ्घमा आन्तरिक संकट गहिरिएको छ भने अधिवेशनको भविष्य अन्योलमा परेको छ ।


सम्बन्धित समाचार