Logo

२३ चैत,वीरगञ्ज । आजदेखि वीरगञ्जमा टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरु भएको छ । सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा शुरु भएको प्रतियोगिताको उदघाटन पर्सा क्रिकेट संघ क्यानका अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले गरेका थिए ।

क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा भएको प्रतियोगिताको उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ पर्साका सदस्य रितेश झा, प्रेस सेन्टर नेपाल पर्साका सदस्य अनिल ओझा, सञ्चारकर्मी अभिलास गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाईट राईडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे गरी महानगरपालिकाको विभिन्न वडाका छ वटा टिमले भाग लिएको आयोजकले जनाएको छ । यसैबीच आजको उदघाटन खेल ब्रेभ रिबेल्स र मुरली नाईट राइडर्सबीच भएको छ । उदघाटन खेल मुरली नाईट राईडर्सले ४० रनले जितेको छ ।

१६ ओभरमा खेलाईएको खेलमा टस जितेर पहिले बलिङ रोजेको ब्रेभ रिबेल्सलाई मुरली नाईट राईडर्सले १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल तयार पारेको थियो । मुरलीले दिएको १०८ रनको लक्ष्य ब्रेभ रिबेलले १०.५ ओभर खेल्दै ६७ रनमा सबै विकेट गुमायो । विभिन्न ६ टोलीबीचको प्रतिस्पर्धा अन्तर्गत कुल १६ वटा लिग खेलहरू र त्यसपछि प्लेअफ खेलहरू आयोजना गरिनेछ । खेल १५ अप्रिलसम्म हुनेछ आयोजक क्लबका विक्की महतोले जानकारी दिए ।


सम्बन्धित समाचार