Logo

२३ चैत,वीरगञ्ज । वीरगञ्जमा शनिबार दुई छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अभिभावक संघ पर्साले घण्टाघरमा र शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रष्तिठानले गीता मन्दिरमा रक्तदानको आयोजना गरेको हो ।

अभिभावक संघ पर्साले आयोजना गरेको रक्तदानमा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार रक्तदान गर्नेहरुमा श्रीकान्ती गिरी, गुल्फि डोमिन, रोशन सारा, संदीप शाह, दिलिप कुमार मिश्र, मुकेश जैसवाल लगायत रहेका छन ।

यसैगरी मुकुन्द खनाल स्मृति प्रष्तिठानले आयोजना गरेको रक्तदानमा ६ महिला सहित ६६ जनाले रक्तदान गरेका थिए । दुवै स्थानमा आयोजना गरिएको रक्तदानमा रक्तसंचार केन्द्र वीरगंजका प्राविधिकहरुले सहयोग गरेको पाण्डे बताए ।


सम्बन्धित समाचार