Logo

२३ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई दुनियाँकै ठूलो अपराधी झैँ गरी धरपकड गरिएको बताएका छन् ।
चितवनमा आयोजित रास्वपाको ‘जनयात्रा’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले रविलाई चितवनको कार्यक्रममा सहभागी हुन नदिनै नियोजित ढंगमा हिजो राति पक्राउ गरिएको दाबी गरे ।

वाग्लेले भने, “फैसला ७ बजे आउने अनि आकाशै खस्ला जस्तो गरी धरपकड गरियो, त्यो निन्दनीय छ। पार्टीले सचिवालय बैठक गरेर यसको भत्र्सना गरिसकेको छ।”

उनले रविलाई थुनामा दालभात खुवाएर राखिएको र बिदाका कारण चितवनमा बोल्न नदिएको स्पष्ट प्रमाण भएको बताए । साथै, फैसला बहस सकिएको दुई घण्टामै लेखिनु सम्भव नभएको भन्दै घटनालाई पूर्वनियोजित योजना भएको आशंका पनि व्यक्त गरे ।

 


सम्बन्धित समाचार