
२४ चैत,काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । सरकारको आर्थिक, सामाजिक, आप्रवासन र विदेश नीतिको विरोधमा ५० वटै राज्यका १२ सय स्थानमा विरोध ¥याली भएका हुन ।
बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसीलगायतका सहरहरूमा हजारौं मानिसले प्रदर्शनमा सहभागिता जनाएका छन । आप्रवासीमाथिको व्यवहार र आयात करलाई लिएर ट्रम्पको आलोचना हुँदै आएको छ । प्रदर्शनकारीले ट्रम्पले क्यानडा र ग्रीनल्यान्डलाई बारम्बार अमेरिकामा गाभ्ने अभिव्यक्ति दिएकोमा पनि विरोध जनाएका छन ।
आयात कर लगाइएको विरोधमा अमेरिकाबाहिर समेत विरोध भएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पको कदमहरुको बचाउ गर्दै डेमोक्र्याट पक्षलाई खतराको रूपमा प्रस्तुत गरेको छ । एजेन्सी