Logo

२५ चैत, काठमाडौँ ।  वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । उनको निधन बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु भएका पत्रकार रिसालले मृत्युपछि आफ्नो शरीर पाटन अस्पताललाई दान गर्ने घोषणा गरेकामा उनको शव पाटन अस्पताललाई हस्तान्तरण गरिएको परिवारले जनाएको छ ।

भैरव रिसालको जन्म १९८५ सालको साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।  पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका उनले मानवअधिकार, वातावरण संरक्षण र समाजसेवामा विभिन्न पुरस्कारहरू प्राप्त गरेका थिए ।  उनको कार्यकालमा राष्ट्रिय समाचार समिति र रेडियो सगरमाथामा काम गर्ने अवसर प्राप्त थियो ।

रिसालका परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन्। उहाँको योगदान पत्रकारिता र समाजसेवामा सदैव सम्झना रहनेछ ।


सम्बन्धित समाचार