Logo

२५ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भारतीय नम्बर प्लेटको एउटा कारलाई अवैध सामानसहित बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज भन्सार कार्यालयमा खटिएको सुरक्षाकर्मीको टोलीले बीआर ३३ एएल ९५९७ नम्बरको भारतीय सुजुकी कार नियन्त्रणमा लिएको हो ।

रक्सौलबाट वीरगञ्ज र वीरगञ्जबाट रक्सौल आवतजावत गर्ने क्रममा उक्त कारले पटक–पटक विभिन्न वस्तुहरूको अवैध ओसारपसार गरिरहेको भन्ने सूचना प्राप्त भएपछि चेकजाँच गरिएको थियो । चेकिङ्गको क्रममा कारमा तस्करीको टायर फेला परेको थियो ।

कारमा अस्थायी पैठारी प्रज्ञापन पत्र र गाडीको दर्ताको कागजपत्र समेत फेला नपरेपछि थप खानतलासीमा कारभित्र १५ हजार रुपैयाँ मूल्य बराबरको ३ वटा नयाँ टायर बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

उक्त कार चेकिङ्ग भइरहेको बेला सवारी चालक भने गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको कार र टायरसहित कुल २५ लाख १५ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए ।


सम्बन्धित समाचार