
२६ चैत,बैतडी । बैतडीमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका– २ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा छन् ।
उनलाई दशरथचन्द नगरपालिका– २ दल्लाबाट १ थान भरुवा बन्दुकसहित सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।