Logo

२६ चैत,काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भइरहेका प्रदर्शनका कारण आज दिउँसो ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

मंगलबार दिउँसो नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्। यसका कारण यी क्षेत्रमा सवारीसाधनको आवागमनमा कठिनाइ भएको छ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन्। त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन्।

यसैगरी, राष्ट्रिय जनमोर्चाले जावलाखेलबाट जुलुस निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ। विभिन्न मागसहितका यी प्रदर्शनका कारण काठमाडौंका मुख्य सडकहरूमा यातायात प्रभावित भएको छ।


सम्बन्धित समाचार