
२७ चैत,वीरगञ्ज । कलैया उपमहानगरपालिका–१, कलैया गाउँमा आज एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कलैया उपमहानगरपालिका–१ निवासी करिब ३० वर्षीया मुनिता रामले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेकी हुन्।
बारा प्रहरीले जनाए अनुसार, मुनिताको श्रीमानसँग सम्बन्ध राम्रो नभएको र सामान्य झगडापछि उनले आत्महत्या गरेको हुनसक्छ।
मुनिता झुन्डिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगी उनको उद्धार गरेको थियो। बारा प्रहरीले जानकारी दिए अनुसार, शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको छ।
मृतक मुनिता रामका तीनवटा छोराहरू रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।