Logo

२७ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा यसअघिको बैठकको समीक्षा, पार्टीका विभिन्न गतिविधि र देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। प्रवक्ता झाले दिएको जानकारी अनुसार, पार्टीको आगामी अधिवेशनको तयारीका विषयमा पनि बैठकमा विस्तृत छलफल हुनेछ।

यसका साथै, रास्वपाले हालै आयोजना गरेको जनयात्रा कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमहरूको योजनाबारे पनि छलफल हुने बताइएको छ। बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए।


सम्बन्धित समाचार