Logo

२७ चैत,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको आरोप लगाउँदै त्यसो गरिए देशमा आगो बाल्ने चेतावनी दिएका छन्।

बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले सत्तामा आफ्नो वर्चश्व कायम गर्न र ब्रह्मलुट सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाए।

उनले संविधान संशोधनमार्फत व्यवस्था परिवर्तन गर्न नपाउने धृष्टता गरिए देशमा आगो बाल्ने चेतावनीसमेत दिए।

‘सायद प्रधानमन्त्रीले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ। केही राजनीतिक दलहरुले आफ्नो वर्चश्वलाई कायम गर्न,’ उनले भने,‘आफ्नो ब्रह्मलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ। म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु प्रमुख राजनीतिक दलका नेताहरुलाई तपाईँले यो धृष्टता गर्नुभयो धने देशमा आगो बल्छ। त्यो आगोको पहिलो शिकार तपाईँहरु हुनुहुन्छ।’

चैत १५ को घटनाबाट आफूहरु कति पनि विचलित नभएको उनको भनाइ छ।


सम्बन्धित समाचार