
२७ चैत,काठमाडौं । तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि आयोजित शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएपछि त्यस घटनाबारे अनुसन्धान गर्न नागरिक छानबिन आयोग गठन गरिएको छ । यस आयोगको नेतृत्व देवेन्द्रलाल नेपालीलाई दिइएको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानव अधिकार हननको विषयमा छानबिन गर्न नेपालीको नेतृत्वमा आयोग गठन गरेको जानकारी समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा दिएका छन् ।
आयोगका सदस्यमा पूर्व एआइजी रविराज थापा, डा. रामप्रसाद उप्रेती, डा. ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् ।