Logo

२७ चैत,काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन्।

डीएसपी यादवले जानकारी दिए अनुसार, भण्डारी घरदेखि करिब ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीले मुचुल्का सम्पन्न गरेपछि शवलाई पोस्टमार्टमका लागि नगर अस्पताल गल्कोट पठाएको जनाएको छ। वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण भने खुल्न सकेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताएका छन्।


सम्बन्धित समाचार