Logo

२७ चैत,वीरगञ्ज । पर्साको सखुवा प्रसौनीबाट एक वृद्ध पेस्तोलसहित पक्राउ परेका छन्। सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोल १ थान र गोली ३ थानसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरीले उनले प्रयोग गर्दै आएको ना.२३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।


सम्बन्धित समाचार