
२७ चैत,काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा पानी परेको छ। काठमाडौंको साँखु, पेप्सीकोला लगायत क्षेत्रमा उल्लेख्य वर्षा भएको हो।
केही दिन यता काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको पहिलो नम्बरमा थियो। यो वर्षामा प्रदूषणले आक्रान्त काठमाडौंबासीले राहत महसुस गर्ने अनुमान छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छभने उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।