Logo

२७ चैत,वीरगञ्ज । पर्सामा “लागु औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने सचेतनामुलक अभियान” शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगञ्जको होटल पूजनमा आज सरोकारवालाहरुको उपस्थितिमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अभियानको शुभारम्भ गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा भएको अभियानको उदघाटन समारोहमा सहभागी वक्ताहरुले लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति व्यक्तिमा सचेतना फैलाउनुपर्ने आवश्यका रहेकोमा जोड दिएका थिए ।

उनीहरुले बढ्दो बेरोजगार र छिट्टै पैसा कमाउने महत्वकांक्षाका कारणले युवावर्ग गलत गतिविधिमा संलग्न हुने गरेकोले स्थानीय तहदेखि नै युवालाई व्यस्त बनाउने रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औल्याईएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले लागूऔष दुव्र्यवसनी, ओसार पसारको समग्र अवस्था र कानूनी व्यावस्था तथा समाजमा पर्ने नकरात्मक प्रभावको विषयमा कार्यपत्र प्रस्तुत गरेका थियो ।

त्यस्तै गैरसरकारी संस्था विजामले लागू पदार्थको नेपालमा प्रयोगको अवस्था, मधेस प्रदेशका प्रयोगकर्ताको अवस्था लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार