Logo

२८ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारी समितिको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पछि पारेका छन्। मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्।

चैत २३ गते शनिबार मतदान सम्पन्न भएकामा बिहीबार मतगणना सकिएको हो। निर्वाचन समितिले औपचारिक रूपमा केहीबेरमा घोषणा गर्दै छ।

बारको महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।

मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा र बागमतीबाट तेजबहादुर रावल विजयी भएका छन्।

गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्ष निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले जितेकी छन्। यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्।

विभिन्न समावेशी समूहबाट चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल सदस्यमा निर्वाचित भएका छन्।

खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली फराकिलो अग्रतासहित विजयी भएका छन्।
(अन्तीम नतिजाको परिणाम)

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨


सम्बन्धित समाचार