Logo

२९ चैत, काठमाडौँ । मकवानपुरमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार साँझ मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा.प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो ।

स्कुटरको टक्करबाछ घाइते भएका वृद्धलाई नयाँ मेडिकल कलेज भरतपुरमा पुर्‍याइएको थियो । बस्ताकोटीकोे उपचार क्रममा राति पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा स्कुटर चालक २७ वर्षीय सन्दीप थापा पनि घाइते छन् । उनको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार