Logo

२९ चैत, वीरगञ्ज । त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत पथलैया देखि गण्डक सम्मको औद्योगिक क्षेत्रमा पर्ने मुख्य सडकलाई केही उद्योगहरुले मालवहाक गाडीको पार्किङ स्थाल बनाउने गरेका छन् ।

औद्योगिक कच्चा पदार्थ तथा तयारी माल सामान ढुवानीको लागि प्रयोग हुने माल वहाक सावरी साधनलाई अधिकांश समय राजमार्गमा पार्किङ गरिन्छ । राजमार्गसँग जोडिएका उद्योगहरुले सार्वजनिक सडकलाई निजी स्वामित्वको रुपमा प्रयोग गर्दै आएका छन् । राजमार्गमा गाडी पार्किङको कारण दुर्घटना बढदै गएको प्रहरीको भनाई छ ।

रुगंटा समूहको चावोसती राइस मिल, दाल मिल र दाना मिल, नेपाल सालसिड, अन्नपूर्ण भेजिटेबल, हनुमान मेटल उद्योग, केडिया ग्रुप र हिमाल आइरन उद्योगले मालवहाक गाडीलाई राजमार्गमा राख्न लगाउने गरेको गाडी चालकको भनाई छ ।
राजमार्गमा अधिकांश समय सडक कब्जा गर्नेमा रुगंटा समूहको चावोसती राइस मिल, दाल मिल र दाना मिल पर्छ । यसका संचालक सुरेश कुमार रुगंटाको स्थानीय प्रहरी प्रशासनसँग राम्रो भएकोले रुगंटा समूहको उद्योगसँग जोडिएका कुनै पनि गैर कानूनी काममा प्रहरी प्रशासन मौन रहने गरेको अन्य उद्योगीको बुझाई छ ।

सुरेश कुमार रुगंटा संचालक रहेको चावोसती उद्योगले माल वहाक गाडीहरुलाई राजमार्गमा राख्न लगाएको बिषयमा पटक पटक स्थानीय प्रहरी प्रशासनमा गुनासो गर्दा पनि सुनुवाई नभएको एक व्यवसायीले बताए । उनका अनुसार रुगंटा समूहले सार्वजनिक सडकलाई व्यक्तिगत रुपमा उपयोग गर्दै आएको छ तर कुनै कानूनी कार्वाही हुदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले चावोसती उद्योग अगाडी माल वहाक गाडी रोक्दा सडक अवरोध हुने गरेको गुनासो आउने गरेको बताए । प्रहरी निरीक्षक भट्टले राजमार्गमा भएका केही उद्योगीलाई गाडी हाइवेमा नराख्न चेतावनी दिइएको जानकारी दिए ।


सम्बन्धित समाचार