२९ चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई झापाबाट बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।
प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । विमानमा राख्नुअघि उनको हातमा हतकडी लगाइएको थियो । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए ।
त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको बताएका छन् । अब उनलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिने छ । उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधमा म्याद थप्ने तयारी छ ।
विमानस्थल परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति छ ।

















