Logo

३० चैत, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा परीक्षा व्यवस्थापन कार्यमा सघाउन आग्रह गरेको छ ।

बोर्डले परीक्षामा सहभागी विद्यार्थीहरूको भविष्य प्रभावित हुने भन्दै शिक्षकलाइ जिम्मेवारी बोध गराउन आग्रह गरेको हो । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण नगर्दा नतिजा प्रकाशन ढिलो हुने, विद्यार्थीले पाउने अवसरमा बाधा पुग्ने भएकाले शिक्षकमाथि राष्ट्रिय दायित्व रहेको स्मरण गराइएको छ ।

यसैबीच, शिक्षकहरूले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन् । उनीहरूले विगतका सहमति कार्यान्वयन र शिक्षा ऐन जारी हुनुपर्ने मुख्य माग अघि सारेका छन् ।

बोर्डले शिक्षकहरूको पेशागत सुरक्षा, वृद्धि र विद्यार्थीको भविष्य दुवै संवेदनशील विषय भएकाले मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएको छ । शिक्षक र सरकारबीच सहकार्य नभएसम्म एसईई परीक्षाको समग्र प्रक्रिया प्रभावित हुने स्पष्ट संकेत देखिएको छ ।


सम्बन्धित समाचार