Logo

३० चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३, सबैठवामा शनिबार एक दिने निःशुल्क आँखा शिविरसम्पन्न भएको छ। स्थानीय ज्योति युवा क्लबको सक्रिय आयोजना तथा नेपाल नेत्रज्योति संघ अन्तर्गतको रामकुमार महाबीर प्रसाद केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा २५५ जना स्थानीय बासिन्दाको आँखा परीक्षण गरिएको थियो। आयोजक ज्योति युवा क्लबका अध्यक्ष रमानन्द महतो कोइरीले जानकारी दिए अनुसार शिविरमा ८७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ।

पहिचान भएका मोतियाबिन्दुका बिरामीहरुलाई रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।

शिविरलाई सफल बनाउन प्राविधिक टोलीका सन्तोश साह, लाल्बाबु पटेल र कार्यक्रम संयोजक रास्देव साहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्थानीय स्तरमा आयोजित यस निःशुल्क आँखा शिविरले विपन्न तथा पहुँच नपुगेका समुदायका व्यक्तिहरुलाई आँखाको उपचार सेवा प्राप्त गर्न ठूलो सहयोग पुगेको छ।


सम्बन्धित समाचार