Logo

३० चैत,वीरगञ्ज ।सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित गढीमाई मन्दिरको पुनर्निर्माण कार्य शनिबारदेखि विधिवत रुपमा सुरु भएको छ। मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले २५ लाख रुपैयाँको लागतमा बन्न लागेको मन्दिरको शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहमा बोल्दै मन्त्री जयसवालले गढीमाई मन्दिरको धार्मिक र सांस्कृतिक गरिमालाई प्रकाश पारे। उनले भने, “यो मन्दिर यस भेगका मानिसहरुको आस्थाको केन्द्र हो। यहाँ हरेक दिन गाउँघरका महिला दिदीबहिनीहरुले श्रद्धापूर्वक पूजाअर्चना गर्दछन् र आगामी दिनमा यसको महत्त्व अझ बढ्दै जानेछ।“

मन्त्री जयसवालले मन्दिरको भौतिक निर्माणसँगै यसको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। उनले थपे, “केवल मन्दिर बनाएर मात्र पुग्दैन, यसको दिगो व्यवस्थापन र संरक्षण पनि अत्यावश्यक छ।“

मन्दिर पुनर्निर्माणको थालनी भएपछि स्थानीय समुदायमा खुसीयाली छाएको छ। उनीहरुले मन्दिर बनेपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार