
३० चैत,वीरगञ्ज । आम जनता पार्टी (आजपा) को सिम्रौनगढ नगर कमिटीले भन्सार नाकालाई सुचारु एवं स्तरवृद्धि गराउन विशेष पहल गर्ने भएको छ । शनिबार बसवरियामा बसेको नगर कमिटीको बैठकले यही बैशाख १२ गते सिम्रौनगढ बजारमा एक विशेष भेला आयोजना गर्ने निर्णय गरेको हो ।
आजपाका राष्ट्रिय अध्यक्ष, पूर्वमन्त्री मा. प्रभु साहको विशेष उपस्थितिमा हुने उक्त भेलामा सिम्रौनगढको बृहत् विकासका लागि विशेष घोषणा गरिने पार्टीले जनाएको छ ।
आज सम्पन्न विशेष बैठकमा आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पार्टीको पर्सा जिल्ला इन्चार्ज लखिन्द्र साह, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, पार्टी केन्द्रीय सदस्य नबिन कुमार साह, आईटी आर्मी नेता जयचन्द्र साह, संदिप साह लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।