
३० चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब तोडफोड, आगजनी, हत्या र हिंसाजस्ता गतिविधि सह्य नहुने बताएका छन् ।
शनिबार झापाको दमकमा आयोजित जागरण सभामा उनले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको उदाहरण दिँदै यस्तो चेतावनी दिएका हुन् ।
ओलीले जनतालाई भड्काएर राजतन्त्र फर्काउने सपना देख्नेहरू भ्रममा नरहन आग्रह गरे । उनले आन्दोलनको नाममा पसल लुटपाट, रक्सीका बोतल चोर्नेजस्ता गतिविधि स्वीकार्य नहुने बताए ।
आगजनी तोडफोड लगायत गतिविधिमा संलग्न भएकालाई व्यंग्य गर्दै उनले “पशुपतिका बाँदर नै उनीहरूभन्दा राम्रो” भन्ने टिप्पणी गरे । उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक कामहरू गरेको दाबी पनि गरे ।