
३० चैत,वीरगञ्ज । वीरगञ्जको छप्पैया चौक आज तनावग्रस्त बनेको छ । हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छप्पैयामा पुग्नेबित्तिकै झडपमा परिणत भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको ¥याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो ।
घटनाको जानकारी दिँदै हाम्रा सहकर्मी सन्तोष कुशवाहाले झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको बताएका छन् ।
यद्यपि, झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।