Logo

वीरगञ्ज, चैत ३० गते । वीरगञ्जमा हनुमान जयन्तीको ¥यालीका क्रममा भएको झडपपछि स्थिति थप तनावग्रस्त बनेको छ । दुई पक्षबीचको झडपले अवस्था नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले रेसखबरलाई जानकारी दिँदै वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि कफ्र्यु लगाउने तयारी गरिएको बताएका छन् । यद्यपि, कर्फ्यु कुनकुन ठाउँमा लगाउने भन्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको उनले जानकारी दिए ।

यसअघि आजै हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली छप्पैया चोकस्थित इदगाह नजिक पुग्दा झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थिति थप बिग्रिएपछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको हो ।

प्रशासनले कफ्र्यु लगाएपछि वीरगञ्जको अवस्था केही शान्त हुने अपेक्षा गरिएको छ । कर्फ्युको समय र क्षेत्रबारे जिल्ला प्रशासन कार्यालयले छिट्टै आधिकारिक जानकारी गराउने बताइएको छ ।

यो पनि पढ्नुहोस् :-

वीरगञ्जको छप्पैया चौकमा तनाव, हनुमान जयन्तीको र्‍यालीमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


सम्बन्धित समाचार