Logo

३० चैत,धनुषा । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।

आज जनकपुरधाममा डिक्का महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर काम गर्न आग्रह गरेका हुन् ।

सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र नेतृत्व विकास अपरिहार्य रहेको विचार व्यक्त गरे । कार्यक्रममा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासंघका नेताहरूले पनि आफ्ना धारणा राखेका थिए ।

महासंघमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन् । विभिन्न १५ जिल्लाबाट प्रतिनिधि सहभागी रहेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका अध्यक्ष अनिल सदाले जानकारी र्दिए । महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पु¥याउने गरी नीति लिने उनले बताए । रासस

 


सम्बन्धित समाचार