Logo

३१ चैत,वीरगञ्ज । वीरगञ्जमा हिजो भएको अप्रिय घटनापछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूका कारण आजदेखि वीरगञ्जको रात्रि बजार स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ।

कफ्र्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन्। हिजो हनुमान जयन्तीको शोभा यात्राका क्रममा दुई समुदायबीच भएको विवादपछि सुरक्षा व्यवस्थालाई थप कडा पार्न प्रशासनले कफ्र्यू जारी गरेको हो।

रात्रि बजार वीरगन्जमा दैनिक रूपमा साँझदेखि रातिसम्म सञ्चालन हुने गर्दथ्यो र यहाँ स्थानीयवासी तथा आसपासका क्षेत्रबाट समेत किनमेलका लागि मानिसहरूको चहलपहल हुने गथ्र्यो। कफ्र्यूका कारण बजार बन्द भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई असुविधा भएको छ।

प्रशासनले स्थितिलाई सामान्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ र छिट्टै कफ्र्यू हटाई बजार सुचारु हुने अपेक्षा गरिएको छ। तर, अहिलेलाई भने वीरगन्जको रात्रि बजार पूर्ण रूपमा बन्द गरिएको छ।


सम्बन्धित समाचार