
३१ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सम्पन्न भएको हो र मुद्दाको आदेश आजै आउने बताइएको छ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध उनले चैत २९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अघिल्लो शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
उच्च अदालतको आदेशपछि लामिछानेलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो। त्यसपछि उनलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखी सोमबार कारागार चलान गरिएको थियो।
आज सर्वोच्च अदालतमा सुनुवाइ सकिएसँगै अब सबैको ध्यान अदालतको आदेशमा केन्द्रित भएको छ। लामिछाने थुनामुक्त हुन्छन् वा उच्च अदालतको आदेश सदर हुन्छ भन्ने विषयमा केही समयमै निर्णय आउने सम्भावना छ।