Logo

३१ चैत,वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयमा आज दुई समुदायबीचको झडपपछि उत्पन्न विवाद साम्य पार्ने प्रयास भइरहेकै बेला पुनः तनाव सिर्जना भएको छ। विवाद समाधानका लागि दुई चरणको छलफल सम्पन्न भएर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको दुई चरणको छलफलमा पर्सामा क्रियाशील राजनीतिक दलहरू सामाजिक सद्भाव कायम गर्न सहमत भएका थिए। राजनीतिक दलका प्रतिनिधिहरूले शान्ति र अमनचयनमा खलल पुग्ने कुनै पनि धार्मिक एवं सामुदायिक ¥याली, बन्द लगायतका कार्यक्रम तथा गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए।

यसअघि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने जो कोही भए पनि कानुनको दायरामा ल्याई कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपि, तेस्रो चरणको वार्ता चलिरहँदा सिडिओ कार्यालयभित्रको माहोल फेरि तनावपूर्ण बनेको छ। तनावको कारण भने खुल्न सकेको छैन।


सम्बन्धित समाचार