
३१ चैत,जनकपुर । मधेश प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ। मधेश प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन्।
प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा अधिवेशन अन्त्य भएको जानकारी दिइएको छ। अब प्रदेश सरकारले नयाँ अधिवेशन कहिले आह्वान गर्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।