Logo

१ वैशाख,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पार्टी कार्यालय च्यासलमा बसिरहेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम र सरकारले गरिरहेका कामहरुको बारेमा जानकारी गराइरहेका छन् । यसका साथै पार्टीले हालै सम्पन्न गरेको जरा केन्द्रित अभियान र जागरणसभाको समीक्षा गर्नुका साथै आगामी योजनाहरुको बारेमा पनि छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार