
१ वैशाख,काठमाडौं । आज देखि नेपाली नया वर्ष अर्थात् २०८२ सुरु भएको छ। २०८१ अरु वर्षहरू झैं सामान्य बितेको वर्ष पक्कै होइन, सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ।
यो वर्ष देश भरि ठूला घटनाहरूको सामना गर्नु पर्यो। बाढी पहिरोले धेरै स्थान हरू तहसनहस बनिदियो , काठमाडौं उपत्यका साथै देश भरि नै ठुलो जनधनको क्षति भयो।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो भने अहिले सम्म बस भेटिएको छैन।
श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै शौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो। श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो।
थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भए।
भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए। र भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे उक्त बस दुर्घटनामा घाइते भएकाहरूको अवस्था बारे जानकारी लिन टिचिङ अस्पतालमा आइपुगे।
यसवर्ष देशलाई विश्व सामु चिनाउन धेरै कुराहरू भए। पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवद्र्धनले दिलाएकी छिन्।
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जी ले कीर्तिमान बनाए।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए।
शिशापाङ्मा १४औं हिमाल हो। पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्।
फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।
उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्। मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग को आयोजना गरियो जुन खेल अन्तराष्ट्रिय स्तरमा समेत चर्चा भयो
मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो। असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो।
८१ मै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्त लाइ लिएर आन्दोलन हरू भए। प्रतिनिधिसभामा कुलमान घिसिङ को विषय लिएर प्रतिपक्षले गरे सदन अवरोध गरे।
प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए। यसै वर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१ औं प्रमुख दीपक थापालाई नियुक्त गर्यो।
जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो।
कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने उनि अहिले कारागार चलान भएका छन्।
मेडिकल व्यवसायी तीनकुने घटनाका लाइ लिएर मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गरि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
कूटनीतिक भ्रमण भए मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरे। वैशाख २३ मा जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरेका थिए।
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन पछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए। सहकारी प्रकरणको छानविनका लागि भन्दै नेपाली कांग्रेसद्वारा संसद अवरोध निकै धेरै समय रह्यो।
८१ को मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरूले विमानस्थलमा धुमधाम स्वागत गरे।
शिक्षकहरू पनि आफ्ना माग राख्दै सडक आन्दोलनमा आए। जुन अझै जारी छ।