Logo

१ वैशाख,काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको विषयलाई लिएर दुई बुँदे मागसहित सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को सिट संख्या र निर्वाह भत्ता विवाद समाधानका लागि सम्बन्धित निकायबाट कुनै पहल नभएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले आयोगको १७औँ बैठकबाट थप गरिएको पीजीको सिट संख्या कटौती नगरी म्याचिङ प्रक्रिया अघि बढाउनुपर्ने पहिलो माग राखेको छ । त्यस्तै, हाल पीजी अध्ययनरत र अब अध्ययन गर्ने सबै आवासीय चिकित्सकहरूलाई आठौं तह सरहको निर्वाह भत्ता तत्काल उपलब्ध गराउनुपर्ने संघको दोस्रो माग छ ।

चिकित्सक संघले यी मागहरू ७२ घण्टाभित्र अर्थात् तीन दिनभित्र सम्बोधन नभए देशभरका चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । संघले आफ्ना मागहरू पूरा गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार