Logo

२ वैशाख, वीरगञ्ज । भारत दिल्लीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने क्यान्ट इलाकामा एक युवकले एक नाबालिग किशोरीको चक्कु प्रहार गरी हत्या गरेका छन् । प्रहरीले आरोपी युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका युवकको नाम अमित रहेको बताइएको छ । भने मृतक किशोरीको परिचय खुलाइएको छैन् ।

एक प्रहरी अधिकृतले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार, युवकले हत्या गर्नु अघि किशोरीलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । प्रहरीका अनुसार, हत्या पछि युवकले आफ्नै पेटमा पनि चक्कु प्रहार गरेका थिए । उनलाई गम्भीर घाइते अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको र स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गराएर प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने कारण
घटनाको अनुसन्धान गरिरहेका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, युवक अमितले पीडित किशोरीलाई अन्य केटाबाट उपहार न लिन आग्रह गरेका थिए । तर किशोरीले जवाफमा भनिन्, “यदि मैले लिई भने के गर्छौ? धेरै बोलेको खण्डमा तिमीलाई मराइदिन्छु ।”

किशोरीको यस्तो धम्कीबाट रिसाएका र डराएका अमितले चक्कु निकालेर किशोरीमाथि आक्रमण गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।


सम्बन्धित समाचार