Logo

२ वैशाख, वीरगञ्ज । मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट आज शुरू हुँदैछ । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजमा रहेको पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन खेलमा आज छिन्नमस्ता रुपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ६ समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपीएलका अध्यक्ष सञ्जीवनारायण यादवले जानकारी दिए ।

आज एउटा मात्र खेल हुने  भए पनि वैशाख ८ गतेसम्मका अरु खेल दैनिक दुई वटाका दरले हुने छ । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल हुने छ ।

लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कुल १८ खेल हुनेछन् । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् ।

उपाधि जित्ने टिमलाई नौ लाख एक हजार र उपविजेतालाई चार लाख रुपैयाँसहित शिल्ड प्रदान गरिने छ ।

प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजवंशीसहितका खेलाडी विभिन्न टोलीमा आबद्ध भएर खेल्नेछन् ।


सम्बन्धित समाचार