
२ वैशाख,वीरगञ्ज । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ मा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।
आज आयोजित एक समारोहमा मन्त्री जयसवालले सडक ढलानको शुभारम्भ गरेका हुन्। शिलान्यास कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष पदका प्रत्याशी मन्तुर चौधरी, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, वडा अध्यक्ष फरमान मिया अन्सारी, वडा अध्यक्ष बासु पजियार लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
शिलान्यासको क्रममा मन्त्री जयसवालले सडक निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न हुने कुरामा जोड दिएका थिए। उनले भने, “यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनयोग्य हुनेछैन। यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दैन,“ भनेका थिए।
स्थानीयवासीले सडक ढलान सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।