Logo

२ वैशाख,काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी) गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्।

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्।

अवकाशमा जान लागेका एआईजी गौतमको आज दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ कार्यक्रम समेत आयोजना गर्दैछ।

उनी पछिल्लो समय सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागको प्रमुखको रूपमा कार्यरत थिए। गौतम २०५२ वैशाख ३ गते नेपाल आर्मीमा भर्ना भएका थिए। सशस्त्र प्रहरी गठन भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए।


सम्बन्धित समाचार