Logo

२ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आज सखुवा प्रसौनी गाउँपालिकामा एक मस्जिदको शिलान्यास गरेका छन्।

सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर–३ मा आयोजित एक कार्यक्रममा खेलकुद मन्त्री जैसवालले मस्जिदको शिलान्यास गरेका हुन्।

मन्त्री जैसवालले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी मस्जिदको शिलान्यास गरिएको जानकारी दिए। खेलकुद मन्त्री जैसवालको सचिवालयका अनुसार २५ लाख रुपैयाँको लागतमा मस्जिदको दोस्रो तल्ला निर्माण गर्न लागिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री जैसवालले निर्माणको काम मापदण्ड अनुसार गर्न ठेकेदारलाई निर्देशन दिए। उनले निर्माणमा कुनै पनि कमजोरी स्वीकार्य नहुने चेतावनी दिए।

खेलकुद मन्त्रीको सचिवालयले जनाए अनुसार मन्त्री जैसवालले आज मात्रै १२ वटा निर्माण कार्यको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल, वडा नम्बर–३ का वडाध्यक्ष सलिम मियाँ, कासिम अन्सारी, इन्सारुल मन्सुरी, नाथु अन्सारी लगायत स्थानीयको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार